अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका १७ पथरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५३,०००।– बराबरको चिनी,गुट्खा,मसला,कोक, मोटरसाईकल थान-१ लगायतका सामानहरु बिहीबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान र मोटरसाईकल आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका ८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १५,२४०।– बराबरको स्टिलका थाली,कचौरा,बाटा लगायतका सामानहरु बिहीबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।