अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-०५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, भजनि न.पा. ३ जोडी पिपलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८२,०००।–बराबरको ४२ थान लेडीज सुट र ५० थान धोती, ऐ.३ ढुसीबाट अन्दाजी मूल्य रु.७६,८६५।–बराबरको चिनी,मकै,चक्लेट,मिठाई,खुर्सानी,प्लाष्टिक कचौरा,मोबाईल ग्लास लगायतका सामानहरु र जानकी गा.पा. ७ जवलपुर बाट अन्दाजी मूल्य रु. ३४,०००।–बराबरको जेन्स कट्टु ३४० थान गरि जम्मा अन्दाजी मूल्य रु.१,९२,८६५।- बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।