आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-११-१३
- A
- A-
- A+
अछाम:- जिल्ला अछाम, रामारोसन गा.पा.३ मुजाबगर स्थित रतन रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घरको भुईतलामा रहेको कस्मेटिक पसलमा बालेको धुपबाट एक्कासी आगो सल्किन गई आईतबार बिहान आगलागी हुँदा पसल भित्र रहेका लत्ताकपडा, कस्मेटिक सामानहरु गरि अन्दाजी रु. ७५,०००।– बराबरको सामान जलेर नष्ट भएको हो । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।