फरार प्रतिबादी पक्राउ
२०८०-११-१३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले १ महिना २० कैद सजाय ठहर भई फरार रहेका गोदावरी न.पा.२ बस्ने बर्ष ३२ को संजय जनाला सुनार र बैकिङ कसुर मुद्दामा सम्मानित अदालतको फैसलाले रु.२,८५,०००/-(दुई लाख पचासी हजार) जरीवाना ठहर भई फरार रहेका ऐ. १० बस्ने बर्ष २४ को पवन राबत समेत दुवै जनालाई ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार दिउँसो निजहरुकै घरबाट पक्राउ गरेको हो ।