फरार प्रतिबादी पक्राउ
२०८०-११-१५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. लागु औषध (नाईट्रोभेट/खैरो हिरोईन) मुद्दामा १६ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ बस्ने शम्भु सेवा ।
२. लागु औषध (खैरो हिरोईन) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ बस्ने बिबेक नेपाली ।
३. लागु औषध (नाईट्रोभेट) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बस्ने भक्तु राना ।
४ बहुबिबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१२ बस्ने दिल बहादुर थापा।
५. चोरी मुद्दामा १९ दिन कैद सजाय र रु.२,०००।- जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा. १ बस्ने अर्जुन चौधरी ।
६. नाता कायम मुद्दामा रु.२५०।- जरिवाना ठहर भएका जिल्ला कैलाली टिकापुर न.पा. ९ बस्ने आस्था कुँवर ।
७. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली जानकी गा.पा. ८ बस्ने निर्प बहादुर भण्डारी ।
८. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली टिकापुर न.पा. ९ बस्ने तुल बहादुर धामी ।
९. चेक अनादर मुद्दामा रु.१,८००।– जरिवाना ठहर भएका जिल्ला कैलाली टिकापुर न.पा. १ बस्ने शोभा सिंह ठकुरी ।