अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ चौराह र ऐ. ८ बालुवाघाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४८,५४०।- बराबरको चिनी,प्याज,प्लाष्टिक,मिठाई,सरफ लगायतका सामानहरु र भजनी न.पा.५ जुठाघाटबाट अन्दाजी मूल्य रु. ३०,०००।– बराबरको सिद्रा माछा गरि जम्मा अन्दाजी मूल्य रु.७८,५४०।– बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ गुलरीयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २५,०००।- बराबरको चिनी र बेलौरी न.पा.५ मैनाहबाट अन्दाजी मूल्य रु. ७५,०००।- बराबरको माछा गरि जम्मा अन्दाजी मूल्य रू.१,००,०००।– बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित माछालाई आवश्यक प्रकृया पुरा गरि प्रहरीले नष्ट गरेको हो ।