अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा.१ ब्लक नं.१२ स्थित सडक खण्डबाट ५६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ८ बटनपुर बस्ने बर्ष २८ को प्रबिण साउदलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।