सडक खन्ने क्रममा स्काईभेटर पुरिएको
२०८०-११-१६
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, सुर्नया गा.पा.८ साफेबगर स्थित ऐ.ढोल्यामोड देखि सतवाँज चौराह निस्कने भित्रि सडक खण्ड डबल कटिङ गर्ने क्रममा आकृती जाकृती मुनाल कन्ट्रक्सनको बा ३ क १४८ नम्बरको स्काईभेटर काम गरिरहेको बेला मंगलबार दिउँसो सडक माथिबाट पहिरो गई पुरिएको हो । चालक जिल्ला डडेल्धुरा भागेश्वर गा.पा.३ बस्ने बर्ष २६ को आनन्द गिरीको घाँटी,कम्मरमा चोट लागि उपचारको लागी डडेल्धुरा अस्पताल डडेल्धुरा पठाईएको हो । स्काईभेटर घटनास्थलमै रहेको साथै उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट ढोल्यामोड बैतडीबाट प्रहरी टोली खटिई गएको हो ।