प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-११-१७

  • A
  • A-
  • A+
Share

       कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा वडा नं.५ हसनपुर, वडा नं. ८ धनगढी गाउँ, वडा नं ९ बाङ्ग्राकटान, वडा नं. १२ पटरीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७०,९००।– बराबरको बिडी, प्लाष्टिक झिल्ली,जिरा,नरिवल धुलो, गुलाबजामन पाउडर,बेसन,केक चेरी लगायतका सामानहरु र भजनी न.पा.१ पडरीया, वडा नं. ६ नवलपुरबाट अन्दाजी मुल्य रु.७५,०००।– बराबरको चिनी,ललिपप,चक्लेट मोटरसाईकलको व्यारिङ लगायतका सामानहरु गरि जम्मा अन्दाजी मुल्य रु. १,४५,९००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

         यसैगरी:- गोदावरी न.पा.३ चौकीडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१९,४००।– बराबरको INDIGO कम्पनीका pu-super gloss enamel २०० मिलिलिटरका डिब्बा थान १० र ५०० मिलिलिटरका डिब्बा थान १२ लगायतका सामानहरु र ऐ. ३ मालाखेतीबाट अन्दाजी मुल्य रु.४,०६,४००।– बराबरको प्याज, मोटरसाईकल थान ३ समेत गरि जम्मा अन्दाजी मुल्य रु. ४,२५,८००।– बराबरको सामानहरु सहित तीन जनालाई बुधबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान सहित मानिसहरुलाई आवश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. भुजेला र  ऐ ११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,१७,६८०।– बराबरको चिनि, मिश्री, गुड,तेल,चियापत्ती, मिठाई, कोटको कपडा, झुल, फोटो फ्रेम, धुप, कालो पोल्थीन, किट्नाषक औषधी लगायतका सामानहरु र पुनर्वास न.पा.११ देउरालीबाट अन्दाजी मूल्य रु. १७,४७०।–बराबरको चिनी,सुर्ती,बिडी,नमकिन,चक्लेट लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.१,३५,४५०।- बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१०

   कैलाली:-  जिल्ला कैलाली गोदावरी न.पा. वडा नं ३ चौकीडाँडा स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को विश्वेश्वर प्रसाद भट्टराईलाई इलाका प्रहरी कार्यालय अत्तरिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा. वडा नं १२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को टेक बहादुर धामीलाई इलाका प्रहरी कार्यालय अत्तरिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. वडा नं ५ चिनिमिल जंगल किनार भित्री सडक खण्डबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३९० मिलिग्राम सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.वडा नं ६ बसन्तपुर टोल बस्ने वर्ष २७ को मोहन देव जोशीलाई इलाका प्रहरी कार्यालय गुलरिया,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिबादी पक्राउ
२०८३-०५-०९

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०५।०८ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।१. ठगी सम्बन्धि मुद्दामा ६ महिना कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा.१० बस्ने वर्ष ३२ को श्याम बहादुर चौधरी ।२. बैङ्किङ कसुर मुद्दामा १ दिन कैद सजाय र रु.१,५१०।- जरिवाना तोकिएको लम्कीचुहा न.पा. १ बस्ने राज बहादुर थापा ।३. चेक अनादर मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा. १ बस्ने केशवराज जैशी ।४. लिखित सम्बन्धि कसुर मुद्दामा ५ महिना १५ दिन कैद तोकिएको लम्कीचुहा न.पा.१० बस्ने खेम बहादुर चौधरी ।५. बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष  कैद सजाय र रु. रु ५०,००।- जनही तोकिएका टीकापुर न.पा.७ वैदी बस्ने वर्ष २७ को (माता भन्ने) सुनिल मिस्त्री,  ऐ.ऐ.९ बौनिया बस्ने वर्ष ३४ की हिरामोती डगौरा थारु र ऐ.ऐ.बस्ने वर्ष ४५ की लाली डगौरा । ६. बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष  कैद सजाय र रु. रु १५,०००।- जनही तोकिएका भजनी न.पा.१ गौनिया बस्ने वर्ष ५० को जयराम डगौरा, ऐ.ऐ.बस्ने वर्ष ४४ को पदम डगौरा, ऐ.ऐ.बस्ने वर्ष ४५ को लहानु डगौरा र ऐ.ऐ.बस्ने वर्ष ५४ को बाबुराम डगौरा ।  

अबैध भन्सार छलिका सामान सहित ४ जना मानिस पक्राउ
२०८३-०५-०९

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९,१२,५९६।- बराबरको IPHONE मोवाईल थान-५ सहित दोधरा चाँदनी न.पा.९ बस्ने वर्ष २६ को गौतम जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ फेला पारी उक्त IPHONE  सहित निजलाई नियन्त्रणमा लिएको छ ।     यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,९६,२००।- बराबरको चिनी ९ वोरा, वाटरमेलन सिड्स (खर्भुजाको बिउ) २७ वोरा र साइकल थान-२ सहित भारत लखिमपुर कमलापुर बस्ने वर्ष ३२ को शिवानन्द शर्मा, ऐ.ऐ. बस्ने वर्ष ३० को वाहिद अली र  जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ बस्ने वर्ष २० को कैलाश जोशीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले गएराति फेला पारी उक्त सामान सहित निजहरु तिनै जनालाई नियन्त्रणमा लिएको छ ।     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,७८,०००।– बराबरको साडी, बोईलर कुखुरा लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।