अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ भन्सारबाट ४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. १ शिवनगर बस्ने बर्ष २२ को भरत राज जोशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।