फरार प्रतिबादी पक्राउ
२०८०-११-१८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. बन मुद्दामा रु.९४,५७०।- जरिवाना ठहर भएका जिल्ला कैलाली,चुरे गा.पा. ३ बस्ने भिम बहादुर थापा ।
२. बन मुद्दामा २ महिना ४ दिन कैद सजाय र रु.१३,५००।- जरिवाना ठहर भएका जिल्ला कैलाली,चुरे गा.पा. ६ बस्ने जवन सिंह रावत ।
३. लागू औषध मुद्दामा ३ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा. ५ बस्ने किरण बोहरा ।
४. चोरी मुद्दामा ५ महिना ८ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा. १६ बस्ने सुनिल चौधरी ।
५. चेक अनादर मुद्दामा रू.२२५।– जरिवाना ठहर भएका जिल्ला कैलाली चुरे गा.पा. १ बस्ने बिर बहादुर घर्ती मगर ।
६. वन मुद्दामा २३ दिन कैद सजाय र रु.१२,२५०।– जरिवाना ठहर भएका जिल्ला कैलाली लम्कीचुहा न.पा. २ बस्ने सुधराम डंगौरा ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. किर्ते मुद्दामा १ बर्ष ४ महिना १६ दिन कैद सजाय र रु. १,५०,०००।- जरिवाना ठहर भएका पुनर्वास न.पा. ६ बस्ने हिमाल मल्ल ।
२. नकवजनी चोरी मुद्दामा १८ दिन कैद सजाय र रु.६६१।– जरिवाना ठहर भएका भिमदत्त न.पा. १८ बस्ने राहुल चन्द ।