अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-१९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा वडा नं.१ बालुवाघाट, वडा नं ३ चौराह, वडा नं. ९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९७,७४०।– बराबरको प्याज,चिनी,सुर्ती,साबुन,डेरी मिल्क,पटका,माछा, बोईलर कुखुरा लगायतका सामानहरु, टिकापुर न.पा.७ प्रतिपुरबाट अन्दाजी मुल्य रु. २७,०००।– बराबरको चिनी र गोदावरी न.पा.२ बनदेबी मन्दिर नजिकबाट अन्दाजी मूल्य रू. ५५,०५०।– बराबरको कुर्ता सुरवाल सुट गरि जम्मा अन्दाजी मुल्य रु. १,७९,७९०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१७ महाकाली बालबिद्या नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १०,०००।– बराबरको प्लाष्टिक झिल्ली,बिडी, पेय पदार्थ,सुर्ती लगायतका सामानहरु र बेलौरी न.पा. १ फटैयाबाट अन्दाजी मुल्य रु. ३५,०००।– बराबरको बोईलर कुखुरा गरि जम्मा अन्दाजी मुल्य रु. ४५,०००।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित बरामद भएका बोईलर कुखुरा आवश्यक प्रकृया पुरा गरि प्रहरीले नष्ट गरेको हो ।
बैतडी:- जिल्ला बैतडी, दशरथचन्द न.पा.४ कल्वारमोड स्थित सडक किनारबाट र ऐ.१० केदारमाण्डौबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४७,४००।– बराबरको चिनी,तेल,मिठाई,दाल,मिश्री,नमकिन,सुपारी,चक्लेट,कफि लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।