अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-१९
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ८ कलकत्ताबाट २.०२ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बेल्डाडी गा.पा.३ बैवाह बस्ने बर्ष १९ को सुदिप चौधरीलाई शुक्रबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १३ भाईरल रोडबाट ४० ग्राम अबैध लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित भिमदत्त नगरपालिका १२ र १३ बस्ने ३ जना किशोरहरुलाई शुक्रबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ सहित खुकुरी थान-१ समेत फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उल्लेखित सामान सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।