फरार प्रतिबादी पक्राउ
२०८०-११-१९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. लागू औषध मुद्दामा १ महिना २४ दिन कैद सजाय ठहर भएका धनगढी उ.म.न.पा.१३ बस्ने सुरज राना ।
२. लागू औषध मुद्दामा १ महिना २४ दिन कैद सजाय ठहर भएका धनगढी उ.म.न.पा.१३ बस्ने रबि राना ।
३. लागू औषध मुद्दामा १ महिना २४ दिन कैद सजाय ठहर भएका धनगढी उ.म.न.पा.११ बस्ने १७ बर्षिय किशोर ।
४. कुटपिट मुद्दामा रु.२,०००।- जरिवाना ठहर भएका लम्कीचुहा न.पा.९ बस्ने पदम बहादुर विष्ट ।
५. बनपैदवार मुद्दामा रु.७०,२२०।- जरिवाना ठहर भएका घोडाघोडी न.पा.८ बस्ने प्रेमलाल चौधरी ।
६. बन मुद्दामा रु १७,५१०।– जरिवाना ठहर भएका कैलारी गा.पा.६ बस्ने राजाराम चौधरी ।