प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-११-१९

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

    निम्न:-

१. चोरी मुद्दामा ३ महिना कैद सजाय र रु. १०,०००।– जरिवाना ठहर भएका बेलौरी न.पा.१ बस्ने जनक चौधरी ।

२. अभद्र ब्यबहार मुद्दामा रु.५,०००।– जरिवाना ठहर भएका भिमदत्त न.पा.१८ बस्ने अनोज गुप्ता ।

३. कुटपिट मुद्दामा जनही रु.१२५।– जरीवाना ठहर भएका बेलडाँडी गा.पा.१ बस्ने राम दत्त भट्ट, राम थलाल, राजी थलाल र दिपक थलाल ।

४. अभद्र ब्यबहार मुद्दामा रु.४,९००।– जरिवाना ठहर भएका भिमदत्त न.पा.१८ बस्ने १८ बर्षिय किशोरी ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।