अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-२०
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ चौकीसत्ता, ऐ.१० बिधुत कार्यालय नजिक र भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२४,०००/- बराबरको प्याज, चिनी, मिश्री,गुड,मिठाई,तेल,सुट,चक्लेट,पानीपुरी,किराना,हाडबेयर लगायतको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु प्रहरीले आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरमा बुझाएको हो ।