जुवातास खेलिरहेको अबस्थामा नौ जना पक्राउ
२०८०-११-२०
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बसपार्क स्थित डबल राज जोशीले संचालन गरेको ग्रिन भोजनालयको पाँचौ तलाबाट जुवातास खेलिरहेको अबस्थामा होटेल संचालक सहित नौ जना मानिसहरुलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटलमा रितपुर्वक चेकजाँच तथा खानतलासी गर्दा उनिहरुलाई नगद रु.३३,८८८।– र ३ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।