आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-११-२०
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ टेडुवा बस्ने राजु खुनाको खरले छाएको ३ कोठे कच्चि घरमा बिजुलीको तार सर्ट हुन गई शनिबार दिउँसो अचानक आगलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ता कपडा लगायत गरी अन्दाजी रु. पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।