फरार प्रतिबादी पक्राउ
२०८०-११-२०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. सवारी ज्यान मुद्दामा १ महिना ५ दिन कैद सजाय ठहर भएका जानकी गा.पा.३ बस्ने सत्य नारायण चौधरी ।
२. लागु औषध मुद्दामा १८ दिन कैद सजाय ठहर भएका टिकापुर न.पा.६ बस्ने रेवन्त कुँवर ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले जबरजस्ती करणी उद्योग मुद्दमा ६ महिना कैद सजाय र रु.३,०००।- (तिन हजार) जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.१ बस्ने बर्ष ४३ को केशवराज भट्टलाई शनिबार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।