अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-२१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं.२ ट्राफिक चौराह नजिक, वडा नं. ९ सालघारीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४९,५५०।– बराबरको चिनी,प्याज,नरिवल,सरफ,झिल्ली,मटर,पटका लगायतका सामानहरु, भजनि न.पा.३ कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,७०,०००।- बराबरको आईफोन मोबाईलको डिस्प्ले ५ पिस, अन्य मोबाईलको डिस्प्ले १७२ पिस लगायतका सामानहरु, कैलारी गा.पा.३ निमुवाबोझी घाटबाट अन्दाजी मूल्य रु. २२,३४०।– बराबरको चक्लेट,सुर्ती,सुपारी लगायतका सामानहरु गरि जम्मा अन्दाजी मुल्य रु.५,४१,८९०।– बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ पशुपतिटोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६,०००।- बराबरको बोईलर कुखुरा आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा नष्ट गरेको हो ।