अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-२२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं.२ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २४,४००।– बराबरको चिनी,प्याज,प्लाष्टिक झिल्ली,पास्ता,सरफ,मसला,चना लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०२,१७०।- बराबरको दुध पाउडर, खाने तेल,सुर्ती,डिउ, सलाई, बिस्कुट, बिडी,चियापत्ती, मिठाई, मटर, प्लास्टिक,नरिवल, लेडिज सुट लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाएको हो ।