फरार प्रतिबादी पक्राउ
२०८०-११-२२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. चेक अनादर मुद्दामा रु.१,०००।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. २ बस्ने बिष्णु मायाँ पुजारा ।
२. बन्य जन्तुको छाला ओसार पोसार मुद्दामा रु.१०,०००।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ४ बस्ने गगन देव पण्डित ।
३. गाली बेईज्जती मुद्दामा रु.२५०।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.५ बस्ने नारायण चौधरी ।
४. गाली बेईज्जती मुद्दामा रु.२५०।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.५ बस्ने कृष्ण चौधरी ।
५. सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय र रु.२,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१६ बस्ने राजेश राना ।
६. वाल यौन दुरुपयोग मुद्दामा १८ दिन कैद सजाय र रु.५००।– जरिवाना ठहर भएका गोदावरी न.पा.५ बस्ने नव राज भट्ट ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७२।०३।२० गतेको फैसलाले बन मुद्दामा रु,१,५४२।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० बस्ने बर्ष ४० को देव सिंह साउदलाई सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।