अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-११-२२
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर नपा ३ देखतभुलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १५,०००।- बराबरको बोईलर कुखुरा मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा नष्ट गरेको हो ।
बैतडी:- जिल्ला बैतडी, दोगडाकेदार गा.पा.७ खोचलेकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि बोलेरो जिपमा ल्याउदै गरेको अबस्थामा अन्दाजी मूल्य रु. १६,५७,४००।– बराबरको बिडी,चप्पल लगायत बोलेरो जिप थान १ सहित जिप चालक र सह-चालक गरि दुई जनालाई सोमबार राती प्रहरी चौकी खोचलेक बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु र दुबै जनालाई आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय झुलाघाट बैतडीमा बुझाएको हो ।