अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा वडा नं.३ चौराह नजिकबाट र ऐ. ९ बाङ्ग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ७५,५८०।– बराबरको प्याज,चिनी,मिठाई,खुर्सानी,प्लाष्टिक कुर्ची लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० बिधुत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,११,६२०।– बराबरको चिनी,तेल,सुट,किरानाका सामान,हाडवेयरका सामान लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको हो ।