सवारी दुर्घटनामा मृत्यु
२०८०-११-२३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामादैजी स्थित पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको भे.१ क. २११४ नम्बरको ट्रक र बिपरित दिशा तर्फ जादै गरेको म.२ प. ८५८२ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन जाँदा मोटरसाईकल चालक ऐ. कृष्णपुर न.पा.९ पिपरीया बस्ने बर्ष २५ को पुरन रानाको मंगलबार साँझतिर मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र ट्रक चालक जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका २० बस्ने बर्ष २८ को मिन बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।