अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-११-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० जुगेडाकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ट्याक्टर र मोटरसाईकलमा ल्याउदै गरेका अन्दाजी मूल्य रु. १२,३४,८००।- बराबरको माछा,बोईलर कुखुरा,ट्याक्टर थान-१ र मोटरसाईकल थान-२ सहित सोही ठाँउ बस्ने तीन जना मानिसहरुलाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट जुगेडाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान र सवारी साधन सहित तीनै जनालाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगर बुझाएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ९ ब्रहमदेब र खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,३१,६००।– बराबरको कपडा थानहरु,लेडिज ब्याग,खेलौना,चस्मा,कस्मेटिक लगायतका सामानहरु र पुनर्वास न.पा. ११ डोकेबजारबाट अन्दाजी मूल्य रु. ४४,३००।– बराबरको कचौरा,कडाई,प्लाष्टिक बाटा, मेसिन बेरिङ,बेरिङ हब लगायतका सामानहरु गरि जम्मा अन्दाजी मुल्य रु. २,७५,९००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
बैतडी:- जिल्ला बैतडी, मेलौली न.पा.३ लामालेक स्थित पाटन-मेलौली सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ट्रकमा ल्याउदै गरेको अबस्थामा अन्दाजी मूल्य रु. १९,०८,४४०।–बराबरको प्याज,चिनी,दाल,चामल,खानेतेल,मिठाई, नमकिन,पनिर,बिडी,चप्पल लगायत ट्रक थान १ सहित ट्रक चालकलाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीबाट उल्लेखित सामानहरु,ट्रक र मानिसलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय धनगढी पठाएको छ ।