अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-२४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट ७५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित गोदावरी न.पा.१२ ओलानी बस्ने बर्ष २० को सन्जय परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित गोदावरी न.पा.१ बस्ने बर्ष २० की अन्जली सुनार र सोही ठाउँबाट १ ग्राम लागू औषध खैरो हेरोईन सहित गौरीगंगा न.पा.२ बस्ने बर्ष २८ को सन्जय साउंद लाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली, जानकी गा.पा.१ दुर्गौली स्थित सडक खण्डबाट ४२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २१ को रेशम चौधरीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।