आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-११-२४
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१९ लक्ष्मी टोल स्थित जय बहादुर ऐरको दुई तल्ले कच्चि घरमा बुधबार दिउँसो अचानक आगलागी हुँदा घर भित्र रहेको भुसा,काठ,पराल लगायतका सामानहरु गरी अन्दाजी रु.२,५०,०००।– (दुई लाख पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।