प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

*** प्रहरी नायव महानिरीक्षक ज्यूबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ***

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

    धनगढी:- सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया,कैलालीको स्थलगत निरीक्षण गर्नु भयो । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, शाखाहरु, ब्यारेक,मेसको निरीक्षण गर्नु भई सुदूरपश्चिम प्रदेश अन्तरगत ट्राफिक प्रहरी कार्यालयहरुमा कार्यरत बिभिन्न युनिटहरुका ईन्चार्जहरु समेतलाई आवश्यक निर्देशन दिनु भयो ।  

     निर्देशनको क्रममा उहाँले ओभरलोड लोड,भवरलोड,क्षमता भन्दा बढी यात्रु बोक्ने,प्राईभेट नम्बर प्लेट भएका सवारी साधनले यात्रुहरु बोक्ने,रुट पर्मिट नभएका स्थानमा सवारी साधन चलाउने,नबिकरण फेल भएका सवारी साधनहरु पनि निर्वाध रुपमा चलाउने,क्षमता भन्दा बढी नदीजन्य पदार्थको भार बोकी सडकमा पानी चुहाउदै टिपरहरु गुड्ने,यदाकदा ट्राफिक प्रहरीहरुकै नियम उल्लघंनकर्ताहरुसंग अब्यवसायिक साँठगाँठ हुने जस्ता प्रबृतीहरुलाई पुर्णतया निरुत्साहित गरि उच्च अनुशासनका साथ उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनु भयो । 

     उक्त अवसरमा उहाँले सवारी दुर्घटना न्युनिकरणका लागि सरोकारवाला निकाय तथा नागरिक समाजसंग सहकार्य गरि जनचेतनामुलक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने,ट्राफिक चेकजाँच कडाईका साथ पुर्ण ब्यवसायिक तबरले गर्ने,अनाबश्यक हैरानी नदिने,प्रहरी कर्मचारीहरुले नेपाल प्रहरीको मिडिया नीति बिपरित सामाजिक सञ्जालको प्रयोग नगर्न र प्रहरी आचरण विपरीतका कुनै गतिविधिमा संलग्न नहुन समेत सचेत गराउनु भयो । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-११

    कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.६ बाणीघाट पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आईतबार राति इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५०,५८०।– बराबरको थान कपडा, सुटपिस, साडी, चप्पल, किराना लगायतका सामानहरु आईतबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ । 

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-११

       कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३२५ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २५ को पवन चौधरीलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।               यसैगरी, जिल्ला कैलाली बर्दगोरिया गा.पा.३ खैरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षिय किशोरलाई आईतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।          यसैगरी, जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शान्तिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम, जरायोको जस्तो देखिने दुई सिङगे थान-१ र नगद रु.३५,८६०।- (पैतिस हजार आठ सय साठी) सहित सोही ठाउँ बस्ने २३ को कुवेर पार्कीलाई आईतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१०

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ फिस रिसोट नजिक, ऐ. ९ बङ्ग्राकटान, त्रिवेणीघाट र ऐ.१२ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,७४,७००।– बराबरको चिनी, बिडी, सुर्ति, कफि, मसला, प्लाष्टिक दुना टपरी,  प्लाष्टिक झिल्ली, अटो थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको माछा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको छ ।