फरार प्रतिवादी पक्राउ
२०८०-११-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. सवारी ज्यान मुद्दामा रु.२,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १४ बस्ने डबल पल्लीमगर ।
२. वन मुद्दामा १२ दिन कैद सजाय र रु.४,९९२ ।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १० बस्ने मोहन राना ।
३. वन मुद्दामा १२ दिन कैद सजाय र रु.४,९९२ ।- जरिवाना ठहर भएका गोदावरी न.पा.९ बस्ने प्रलाद राना ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रशसन कार्यालय कञ्चनपुरको मिति २०७८।११।२२ गतेको फैसलाले अभद्र व्यवहार मुद्दामा रु.३,०००/- जरीवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.४ वस्ने वर्ष २२ को गंगालाल साउँदलाई ईलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ऐ. ५ गुलरियाबाट बिहीबार पक्राउ गरेको हो ।