चितुवाको छाला सहित मानिस पक्राउ
२०८०-११-२८
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, मार्मा गा.पा.२ लटिनाथ बजार नजिकबाट चितुवाको जस्तो देखिने छाला थान २ सहित नौगाड गा.पा.४ सिप्टी बस्ने बर्ष ३६ को शेर सिंह धामीलाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर,जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको झोलाबाट उल्लेखित चितुवाको छाला फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।