अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, टीकापुर न.पा. ९ खक्रौला स्थित नेपाल भारतको सिमाना नजिकबाट १ ग्राम २३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने २३ को रोसन साँउदलाई भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक कारबाहीका लागि उक्त पदार्थ सहित निजलाई ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीमा बुझाई, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।