अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-३०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा. १ बसन्तपुरबाट २ ग्राम २३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला बझाङ्ग केदारस्यु गा.पा.७ बस्ने बर्ष ३८ को खडक धामी समेत दुई जनालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।