आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-११-३०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा.१ ब्लक नम्बर ९ स्थित आशिष बजगाईको एकतले चारकोठे पक्की घरको भान्सा कोठामा चिया पकाई ग्याँस बन्द गर्ने क्रममा मंगलबार साँझतिर अचानक आगलागी हुँदा भान्साकोठा भित्र रहेका फ्रीज, पङ्खा, किचन र्याक, ग्याँस चुलो, सोफा सेट, Led TV लगायतका सामानहरु गरी अन्दाजी रु. ४,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।