अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. ३ विशालनगर र रिङ रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,६०,०२०।– बराबरको प्याज,मिश्री,मिठाई,बिडी,सुर्ती,प्लाष्टिक झिल्ली,लेडिज सुट,कुर्ती,दोपट्टा, लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ भाँसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,२८,५००।– बराबरको प्रोफेस्नल comb,कपाल स्ट्रेट गर्ने मेसिन, भिटामिन औषधी लगायतका सामानहरु र पुनर्वास न.पा.११ डोके बजारबाट अन्दाजी मूल्य रु. ४०,०००।– बराबरको ग्रिस, USHA लेखेको फलामका साँचा (सडक ढल निकासमा प्रयोग हुने) गरि जम्मा अन्दाजी मुल्य रु.३,६८,५००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
यसैगरी, जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ७६,८००।– बराबरको माछा,बोईलर कुखुरा,मोटरसाईकल थान-१ र पुनर्वास न.पा.१० मञ्जलीबाट अन्दाजी मूल्य रु. ७,०००।– बराबरको माछा गरि जम्मा अन्दाजी मुल्य रु.८३,८००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा र माछा नष्ट गरेको हो ।