अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा. १ भरतपुर स्थित राम जानकी मन्दिर नजिकबाट २८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ वस्ने बर्ष २६ को माधब बिष्टलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
यसैगरी, टिकापुर न.पा. ३ रामपुरबाट १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जानकी गा.पा.७ बस्ने बर्ष २६ को राज कुमार चौधरीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
यसैगरी, धनगढी उ.म.न.पा.३ ब्यारेलबाट ९५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला अछाम साँफेबगर न.पा. ४ बस्ने बर्ष ३० को सन्तोष सुनारलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले निज भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।