फरार प्रतिवादी पक्राउ
२०८०-१२-०१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली धनगढी उ.म.न.पा. १२ बस्ने बर्ष २० को भरत सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार निजकै घरबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले जवरजस्ती करणी मुद्दामा ३ महिना कैद साजाय ठहर भई २ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं.४ वस्ने वर्ष २७ को शिवाय सिंह रानालाई ईलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार ऐ.५ गुलरियाबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।