स्रोत नखुलेको रकमसहित पक्राउ
२०८०-१२-०१
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट स्रोत नखुलेको नगद १ लाख ४१ हजार भारतीय रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बसपार्क बस्ने ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अकिंत गुप्ता रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र ०१००८ प १६६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।