अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. २ ट्राफिक चोक,ऐ. ९ त्रिवेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४९,५२५।– बराबरको प्याज,चिनी,मिश्री,मिठाई,सुर्ती,बिडी,बसको क्लच बेरिङ, बसको एयर फिल्टर लगायतका सामानहरु, टिकापुर न.पा. ८ चौगुर्दि नजिक भित्री सडक खण्डबाट अन्दाजी मूल्य रु. ३२,१८०।– बराबरको बिडी,सुर्ती,प्लाष्टिक डोरी,प्लाष्टिक रोल,चक्लेट लगायतका सामानहरु र भजनी न.पा.३ कनैयापुरबाट अन्दाजी मूल्य रु. १३,०००।– बराबरको चिनी गरि जम्मा अन्दाजी मुल्य रु.९४,७०५।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.२ काङला पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १०,०००।- बराबरको वायरीङ जक्सन, पुनर्वास न.पा. वडा नं. ९ पुलघाँट,ऐ. ११ डोकेबजारबाट अन्दाजी मूल्य रु. १,३८,१००।– बराबरको चिनी,सुर्ती,बिडी,नरिवल,स्याम्पु,चक्लेट, फलामको खटिया, युरिया मल, लगायतका सामानहरु, दोधारा चाँदनी न.पा. ३ जमुनाघाडी टोल नजिकबाट अन्दाजी मूल्य रु. ५,०००।– बराबरको सुन्तला, केरा,अंगुर र बेलौरी न.पा. १ फटैया हनुमान मन्दिर नजिकबाट अन्दाजी मुल्य रु.४७,०००।– बराबरको माछा,बोईलर कुखुरा गरि जम्मा अन्दाजी मुल्य रु.२,००,१००।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।