अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, टिकापुर नपा ९ खक्रौला स्थित चेक पोष्टबाट ५०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जानकी गा.पा. ९ बस्ने बर्ष २३ को नैन सिंह साउदलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले निज भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
यसैगरी, लम्कीचुहा न.पा. १ लम्की बसपार्कबाट ४ ग्राम ५३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित भारतको उत्तर प्रदेश घर भइ हाल लम्कीचुहा न.पा.५ स्थित मन्जुश्री गुटका उद्योग चौरीमा काम गर्ने बर्ष ४० को मनमोहन तिवारीलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।