फरार प्रतिवादी पक्राउ
२०८०-१२-०२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।
निम्न:-
१. बन मुद्दामा रु.६,९६२।२६ जरीवाना ठहर भएका जानकी गा.पा. ६ बस्ने महेश चौधरी ।
२. बन मुद्दामा रु.६,९६२।२६ जरीवाना ठहर भएका जानकी गा.पा. ६ बस्ने विनोद चौधरी ।
३. चोरी मुद्दामा रु. २,८००।– जरीवाना ठहर भएका जानकी गा.पा. ५ बस्ने फत्ते सिंह थारु ।
४. बन मुद्दामा रु. ११,६८०।– जरीवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने कृष्ण दमाई ।
५. बन मुद्दामा ५ दिन कैद सजाय र रु.३,१६०।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १७ बस्ने डिल्ली राज गिरी ।