भरुवा वन्दुक सहित मानिस पक्राउ
२०८०-१२-०२
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ४ वेलकुण्डीबाट एकनाले भरुवा वन्दुक सहित ऐ.वस्ने बर्ष ४४ को मोहन रानालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय झलारी र ईलाका प्रहरी कार्यालय गुलरिया,कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि निजको घरको रित पुर्वक खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त भरुवा वन्दुक फेला पारी आवश्यक प्रक्रिया पुरा गरि बन्दुक सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।