अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. २ पुरानो भन्सार रोड र ऐ. ९ बङ्ग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,६९०।– बराबरको प्याज,चिनी,सरफ,बिडी,भाँडा धुने साबुन,प्लाष्टिक झिल्ली लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० सुकासाल र ऐ.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,८२,८४०।- बराबरको चिनी,मिश्री,दाल,तेल,सरफ,कपडा थान,सुट,कुर्ती लगायत हार्डवेयरका सामानहरु र पुनर्वास ११ डोकेबजारबाट अन्दाजी मूल्य रु. ३६,०००।– बराबरको लेडिज सुट गरि जम्मा अन्दाजी मुल्य रु.२,१८,८४०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।