अबैध काठ बरामद
२०८०-१२-०३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.४ जाईशिबिर स्थित सोही ठाउँ बस्ने बर्ष २४ को जितेश रानाले राँगा गाडा (डल्लब) मा ल्याउदै गरेको अवस्थामा २०.९१ क्युफिट अबैध सालको काठ शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहितको गाडा र मानिस समेतलाई आवश्यक कारवाहीको लागि लालझाडी सव डिभिजन वन कार्यालयको जिम्मा लगाएको हो ।