अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. ३ चौराह र ब्यारेल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५३,२८०।–बराबरको प्याज,चिनी,मिश्री,सरफ,मिठाई,नरिवल,होलिको लोला,भाडाधुने साबुन,प्लाष्टिक डोरी, लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी मछेली पुल नजिक सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६६,४५०।–बराबरको प्याज,चिनी,सुर्ती लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
बैतडी:- जिल्ला बैतडी, दशरथचन्द न.पा. ५ धारीगाड स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२२,४९५।–बराबरको चिनी,सोयाबिन,खानेतेल,चप्पल,जिरा,प्लाष्टिक डोरी,पास्ता,अचार, लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।