अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा.३ कटानपुरबाट २४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को समिर चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
यसैगरी, धनगढी उ.म.न.पा. ३ ब्यारेल नजिकबाट २ ग्राम ८५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित गोदावरी न.पा. ४ बस्ने वर्ष २२ को बिशाल ऐडीलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।