आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-०४
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१ हात्तिथला स्थित प्रताप ऐरको जस्ता पाताले छाएको १ तले कच्ची घरमा कुडो पकाउन बालेको आगो बाट अचानक आगलागी हुँदा घर भित्र रहेको अन्न,लत्ताकपडा,भाँडाकुडा र पराल जली अन्दाजी रु. ८५,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।