अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. ३ चौराहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२६,४९०।–बराबरको प्याज,चिनी,बिडी,मिठाई,साबुन,स्याम्पु लगायतका सामानहरु, भजनी न.पा.८ कृष्णनगरबाट अन्दाजी मूल्य रु.४०,०००।–बराबरको प्याज,चिनी,स्प्राईड र टिकापुर न.पा.९ जिरो प्वाईन्टबाट अन्दाजी मूल्य रु.३८,५००।–बराबरको प्याज,प्लाष्टिकको जाली गरि जम्मा अन्दाजी मूल्य रु.१,०४,९९०।– बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ चौकीसत्ता र दोधारा चाँदनी न.पा.८ जनज्योति टोल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २४,०५०।–बराबरको भिन्डी,खुर्सानी,बैगन,मटर,कागती,होलीको रंङग,गाजर लगायतका सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।