फरार प्रतिवादी पक्राउ
२०८०-१२-०५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. बन पैदावार बिना ईजाजत ओसार-पोसार मुद्दामा रू.२,३१,१३६।– जरिवाना ठहर भएकी घोडाघोडी न.पा. ६ बस्ने धना पार्की ।
२. बन मुद्दामा रू.३०,२०१।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१३ बस्ने कर्ण बहादुर बोहरा ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर ठेगानबाट पक्राउ गरेको हो ।
निम्न:-
१. कुटपिट मुद्दामा रु.७५०।– जरिवाना ठहर भएका दोधारा चाँदनी न.पा.७ बस्ने कर्णे दमाई ।
२. लुटपाट मुद्दामा रु.१,८७५।– जरिवाना ठहर भएका दोधारा चाँदनी न.पा.७ बस्ने ईन्द्र बहादुर रावत ।
बाजुरा:- सम्मानित जिल्ला अदालत बाजुराको फैसलाले हातहतियार सम्बन्धी कसुर मुद्दामा जनही ९ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई आईतबार अस्थाई प्रहरी पोष्ट पाण्डुसैन, बाजुराबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर ठेगानबाट पक्राउ गरेको हो । निजहरुलाई फैसला कार्यान्वयनको लागि प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।
निम्न:-
१. जिल्ला बाजुरा, बुढीनन्दा न.पा.८ बस्ने कविन्द्र बोहरा ।
२. ऐ.ऐ. बस्ने आईते बोहरा ।
३. ऐ.ऐ. बस्ने दले कामी ।
४. ऐ.१० बस्ने पृथ्वी बहादुर सिंह ।