आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-०८
- A
- A-
- A+
अछाम:- जिल्ला अछाम, ढकारी गा.पा. ४ ऐडी खर्क स्थित पहले टमाटाको २ तले ३ कोठे ढुङ्गा माटोले बनेको खरले छाएको कच्चि घर भित्र रहेको चुलोमा बालेको आगोबाट बुधबार बिहान अचानक आगलागी हुँदा घर भित्र रहेको नगद, भाँडाकुडा, लत्ताकपडा, अन्नपात लगायतका सामानहरु जली अन्दाजी रु.३,५०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलगीबाट एउटा बाख्रा जली घाईते भएको र अन्य मानविय क्षति नभएको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।